अर्थतन्त्रका अन्य उत्पादनमूलक क्षेत्रमा कर्जाको माग सुस्त रहँदा सेयर बजारतर्फ भने बैंक तथा वित्तीय संस्थाहरूको लगानी आक्रामक रूपमा बढिरहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्मको तथ्याङ्कअनुसार सेयर धितो कर्जा (मार्जिन लेन्डिङ) उल्लेख्य रूपमा विस्तार भएको छ।
राष्ट्र बैंकको विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल १ खर्ब ५६ अर्ब १५ करोड रुपैयाँभन्दा बढी सेयर धितो कर्जा प्रवाह गरेका छन्। असार मसान्तसम्म यस्तो कर्जा १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँको हाराहारीमा रहेको थियो। यसरी सात महिनाको अवधिमा मात्रै करिब १५ अर्ब ४५ करोड रुपैयाँ थप कर्जा बजारमा गएको देखिन्छ।
विशेषगरी ठूला लगानीकर्ताहरूले बैंकबाट ऋण लिएर बजारमा लगानी बढाउँदा कर्जाको आकार विस्तार भएको देखिन्छ। १ करोड रुपैयाँभन्दा माथिको कर्जा मात्रै १ खर्ब ९ अर्ब ६८ करोड रुपैयाँ पुग्नुले बजारमा ठूला ‘प्लेयर’हरूको सक्रियता बढेको संकेत गर्छ।
त्यसैगरी ५० लाख रुपैयाँभन्दा माथिको सेयर धितो कर्जामा पनि उल्लेख्य वृद्धि देखिएको छ। माघ मसान्तसम्म ५० लाख रुपैयाँभन्दा माथिको सेयर धितो कर्जा १८ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।असार मसान्तसम्म यस्तो कर्जा १६ अर्ब २ करोड रुपैयाँ रहेको थियो।
मध्यम स्तरका लगानीकर्ताले लिने २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जामा पनि विस्तार देखिएको छ। माघ मसान्तसम्म २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा १९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, २५ लाखसम्मको कर्जा ८ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ।












![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-768x432.png)





![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया