नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स र यसको सहायक कम्पनी डेटा वर्ल्डमा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले झन्डै ४ अर्ब रुपैयाँ बराबरको लगानी गर्ने भएको छ।
आईएफसीले स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालसँगको साझेदारीमा वर्ल्डलिंकमा २ करोड ९० लाख अमेरिकी डलर (करीब ३ अर्ब ९८ करोड रुपैयाँ) लगानी गर्न लागेको हो। यो लगानी नेपालभर ब्रॉडब्यान्ड कनेक्टिभिटी विस्तार, दिगो डेटा सेन्टर पूर्वाधार विकास तथा डिजिटल पहुँच वृद्धिमा केन्द्रित रहनेछ।
यो साझेदारीले विशेषगरी दुर्गम क्षेत्रहरूमा फाइबर अप्टिक नेटवर्क विस्तार गरी उच्चगतिको इन्टरनेट सेवा पुर्याउने लक्ष्य लिएको छ। साथै, बढ्दो डेटा भण्डारण र प्रशोधनको माग सम्बोधन गर्न अत्याधुनिक डेटा सेन्टरहरूको विकास गरिनेछ।
परियोजनाअन्तर्गत नेपालको पहिलो ईडीजीई (Environmental, Data, Governance & Energy-efficient) प्रमाणित डेटा सेन्टर स्थापना गरिनेछ। यसमार्फत हजारौं रोजगारी सिर्जना गर्ने तथा वर्कफोर्समा महिलाको प्रतिनिधित्व बढाउने लक्ष्य समेत राखिएको छ।














![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)



प्रतिकृया