बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर घटेसँगै सेयर धितो कर्जामा उच्च आकर्षण देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ५ महिनामै लगानीकर्ताहरूले १ खर्ब ४८ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको सेयर धितो कर्जा लिएका छन्।
यो रकम गत वर्षको सोही अवधिको तुलनामा ३७.७४ प्रतिशतले बढी हो।गत आवको ५ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ७ अर्ब ९४ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका थिए ।
चालु आर्थिक वर्षको ५ महिनामा वाणिज्य बैंकबाट १ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ,विकास बैंकबाट १९ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ र फाइनान्स कम्पनीबाट ३ अर्ब ५० करोड २१ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ।
गत आवको सोही अवधिसम्म भने विकास बैंकबाट १७ अर्ब ४५ करोड रुपैयाँ र फाइनान्स कम्पनीबाट ४ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको थियो। यसरी विकास बैंकको सेयर धितो कर्जा प्रवाह ११.३९ प्रतिशत र फाइनान्स कम्पनी १५.७५ प्रतिशतले बढेको देखिएको छ।









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया