बुक बिल्डिङ विधिमा सहभागी हुन चाहने संस्थागत लगानीकर्ताले दर्ता गर्नुपर्ने, कति लाग्छ शुल्क ?

बुक बिल्डिङ विधिमा सहभागी हुन चाहने संस्थागत लगानीकर्ताले दर्ता गर्नुपर्ने, कति लाग्छ शुल्क ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बुक बिल्डिङ विधिमा सहभागी हुन चाहने संस्थागत लगानीकर्ताहरुलाई दर्ता तथा नवीकरण गर्न आग्रह गरेको छ। नेप्सेले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।

नेप्सेका अनुसार नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्ताले निर्धारित शुल्क तिरेर बुक बिल्डिङ प्रक्रियामा सहभागी हुन दर्ता गर्नुपर्नेछ। साथै, पहिले नै दर्ता भइसकेका संस्थागत लगानीकर्ताहरूलाई वार्षिक नवीकरण शुल्क बुझाउन पनि आग्रह गरिएको छ।

दर्ता शुल्कका रूपमा पहिलो पटक सहभागी हुने संस्थागत लगानीकर्ताका लागि १० हजार रुपैयाँ तोकिएको छ भने यसअघि दर्ता भइसकेकाहरूका लागि ५ हजार रुपैयाँ नवीकरण शुल्क लाग्ने नेप्सेले जनाएको छ।

download 4 1 https://bajarkochirfar.com/institutional-investors-who-want-to-participate-in-the-book-building-method-must-register-and-how-much-is-the-fee | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स