इन्स्टाग्रामले रिल्सको समय सीमा ९० सेकेन्डबाट बढाएर तीन मिनेट पुर्यायो



Advertisement
Ads

सामाजिक सञ्जाल इन्स्टाग्रामले रिल्स भिडियोको समय सीमा बढाउँदै प्रयोगकर्ताहरूलाई अब तीन मिनेटसम्मको रिल्स अपलोड गर्न सक्ने सुविधा प्रदान गरेको छ। यसअघि यो सीमा ९० सेकेन्ड मात्र थियो।


Advertisement

इन्स्टाग्रामका प्रमुख एडम मोसेरीका अनुसार, प्रयोगकर्ताहरूबाट ९० सेकेन्डको सीमा धेरै छोटो भएको गुनासो आएपछि यो परिवर्तन गरिएको हो। उनले प्रयोगकर्ताको मागलाई ध्यानमा राख्दै लामो भिडियोका लागि समय सीमा बढाउने निर्णय गरेको बताए।


Advertisement

यो परिवर्तन टिकटकले तीन मिनेटसम्मको भिडियो अपलोड गर्न दिने सुविधा सुरुवात गरेपछि आएको हो। टिकटकले सन् २०२१ देखि नै तीन मिनेटको भिडियो अपलोड गर्ने व्यवस्था गरेको थियो। साथै, अमेरिकामा टिकटक प्रतिबन्धित भएको दिन इन्स्टाग्रामले यो निर्णय सार्वजनिक गरेको हो।

गत वर्ष मोसेरीले लामो भिडियोले इन्स्टाग्रामको मुख्य पहिचानलाई असर गर्ने भन्दै यसलाई प्राथमिकता नदिने बताएका थिए। तर, प्रयोगकर्ताको मागले उनी आफ्नो अडानबाट पछि हटे।

इन्स्टाग्रामले डेढ मिनेटको रिल्स अपलोड गर्न सक्ने सुविधा सुरु गरेको दुई वर्षभन्दा बढी भइसकेको थियो। कम्पनीले १० मिनेटसम्मको भिडियो अपलोड गर्न मिल्ने फिचर परीक्षण गरे पनि सार्वजनिक गरेको थिएन। अब भने तीन मिनेटको रिल्स अपलोड गर्न सकिने सुविधा लागू भएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर