SHAREHUBSHAREHUB

भारतको केन्द्रीय बैंकले घटायो ब्याजदर, महंगी घट्ने अनुमान

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २७ गते
AdvertisementAds
भारतको केन्द्रीय बैंकले घटायो ब्याजदर, महंगी घट्ने अनुमान
AdvertisementAds

भारतीय रिजर्भ बैंकले आज, अप्रिल ९ मा मौद्रिक नीति समिक्षा बैठकपछि ब्याजदरमा २५ बेसिस प्वाइन्टले कटौती गरेको छ। यो निर्णयसँगै रेपो दर ६ प्रतिशतमा झरेको छ। यो नोवेम्बेर २०२२ येताकै न्युन हो। बैंकका गभर्नर सञ्जय मालहोत्राले बुधबार पत्रकार सम्मेलनमार्फत यो घोषणा गरेका हुन्।

आरबीआईको ६ सदस्यीय मौद्रिक नीति समितिको बैठक अप्रिल ७ देखि ९ सम्म बसेको थियो। सोही बैठकको सर्वसम्मत निर्णयका आधारमा रेपो दर घटाइएको हो। साथै, स्ट्यान्डिङ डिपोजिट फ्यासिलिटी (SDF) दर ५.७५ प्रतिशतमा निर्धारण गरिएको छ भने मार्जिनल स्ट्यान्डिङ फ्यासिलिटी (MSF) र बैंक दर ६.२५ प्रतिशतमा कायम राखिएको छ। यसपटक मौद्रिक नीतिको दृष्टिकोण पनि न्यूट्रलबाट ‘अनुकूल’ (Accommodative) मा परिवर्तन गरिएको छ।

मुद्रास्फीति घट्ने आशा

ब्याजदर कटौतीसँगै आरबीआईले आर्थिक वर्ष २०८२/८३ (FY26) को मुद्रास्फीति पूर्वानुमान समेत परिमार्जन गरेको छ। उपभोक्ता मूल्य सूचकांक (CPI) आधारित मुद्रास्फीति अब ४ प्रतिशतमा सीमित हुने विश्वास गरिएको छ, जुन अघिल्लो ४.२ प्रतिशतको प्रक्षेपण गरिएको थियो ।

वर्षका चार त्रैमासिकका लागि क्रमशः ३.६, ३.९, ३.८ र ४.२ प्रतिशत मुद्रास्फीति हुने अनुमान गरिएको छ। गभर्नर मालहोत्राले मुद्रास्फीतिको जोखिम हाल सन्तुलनमा छ, र ब्याजदर कटौतीले मूल्य स्थिरता कायम गर्न सहयोग गर्ने अपेक्षा गरिएको बताए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स