Advertisement
Ads

भारतीय अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार, भए अस्पताल भर्ना



Advertisement
Ads

भारतीय अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ। प्रहरीका अनुसार बुधबार राति एक अज्ञात समूह सैफ अली खानको बान्द्रास्थित घरमा पसेको थियो। सो क्रममा सैफ र ती व्यक्तिहरूबीच झगडा भयो, जसको क्रममा एक व्यक्तिले चक्कु प्रहार गर्दा सैफ घाइते भएका हुन्।

प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताएको छ। बीबीसी समाचारका अनुसार सैफको घरेलु कामदारसँग ती व्यक्तिहरूको विवाद भएको थियो। जब सैफले बीचबचाव गर्न खोजे, तब आक्रमणकारीले सैफलाई नै निशाना बनाएको समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।


Advertisement

हिन्दुस्तान टाइम्सका अनुसार बुधबार राति करिब २:३० बजे सैफ अली खान र उनकी पत्नी करीना कपूर आफ्नो घरमै रहेका बेला चोर पसेका थिए। आक्रमणकारी घटनास्थलबाट भागेको र प्रहरीले उनको खोजी गरिरहेको छ।

सैफलाई राति ३:३० बजे लीलावती अस्पताल लगिएको थियो। उनको शरीरमा ६ ठाउँमा चोट लागेको छ, जसमध्ये दुई ठाउँमा गहिरो घाउ छ। घाउमध्ये एउटा मेरुदण्डको नजिक छ र सैफको शल्यक्रिया भइरहेको छ। शल्यक्रिया पूरा भएपछि मात्र चोटको गहिराइ थाहा हुने चिकित्सकले जनाएका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर