भारत सरकारले नेपाली उद्योगहरूको भारतीय गुणस्तर प्रमाणपत्र (बीआईएस) नवीकरण प्रक्रिया पुनः सुरू गरेको छ। केही समयदेखि नवीकरण रोकिँदा नेपालबाट निर्यात हुने प्लाइउड, सिमेन्ट प्रभावित भएको थियो।
भारतमा सिमेन्ट निर्यातका लागि आवश्यक भारतीय गुणस्तर प्रमाणपत्र नवीकरण नहुँदा अधिकांश उद्योगहरूको निर्यात पाँच महिनादेखि अवरुद्ध भएको थियो। यद्यपि, केही उद्योगहरूको प्रमाणपत्र पहिले नै बहाल भएकाले तिनीहरूको सिमेन्ट निर्यात निरन्तर चलिरहेको थियो, तर अधिकांश उद्योगहरूको निर्यात रोकिएको थियो।
भारतमा सिमेन्ट निर्यातका लागि भारतीय गुणस्तर प्रमाणपत्र अनिवार्य छ, जसको म्याद समाप्त भएपछि नवीकरण गराउन आवश्यक हुन्छ। प्रमाणपत्र नवीकरण नगरेका कारण नेपालका उद्योगहरूले सिमेन्ट निर्यात गर्न सकिरहेका थिएनन्। अब भने भारतले प्रमाणपत्र नवीकरण प्रक्रिया पुनः सुरू गरेको छ।















प्रतिकृया