नेपाललाई थप ४ घण्टा बिजुली दिन भारत तयार, अब लोडसेडिङ नहुने

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १५ गते
नेपाललाई थप ४ घण्टा बिजुली दिन भारत तयार, अब लोडसेडिङ नहुने

भारतले नेपाललाई थप ४ घण्टा विद्युत आपूर्ति गर्ने सहमति जनाएको छ। इण्डियन इनर्जी एक्सजेञ्जबाट ६०० मेगावाट विद्युत प्रदान गर्ने स्वीकृति प्राप्त भएको हो, जुन ढल्केवर-मुजफ्फरपुर प्रसारण लाइनबाट नेपालमा आउनेछ।

यसअघि भारतले सोलार आवरमा १,००४ मेगावाट विद्युत उपलब्ध गराउँदै आएको थियो। ऊर्जा मन्त्री खड्काको अनुरोध र परराष्ट्र मन्त्री राणाको कुटनीतिक पहलमा भारतले यो सहमति जनाएपछि नेपालमा विद्युत समस्या समाधान हुने आशा गरिएको छ।

भारतले मध्यरातदेखि बिहान ४ बजेसम्म, बिहान ६ देखि साँझ ५ बजेसम्म र राति ११ देखि १२ बजेसम्म विद्युत आपूर्ति गर्नेछ। साथै, टनकपुर-महेन्द्रनगर प्रसारण लाइनबाट थप ५४ मेगावाट विद्युत आयात गर्न सकिने बताइएको छ।

ऊर्जामन्त्री खड्काले लोडसेडिङको हल्ला नफैलाउन आग्रह गर्दै, सरकार २४ घण्टा विद्युत आपूर्ति गर्नेमा प्रतिबद्ध रहेको बताए। नयाँ कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको नियुक्तिसँगै लोडसेडिङ हुने हल्ला चलेको थियो, तर भारतले थप ६०० मेगावाट विद्युत दिने सहमति दिएपछि लोडसेडिङको खतरा टरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स