instainsta

भारतले नेपाललाई अनुदानमा दियो थप १० वटा बेलिब्रिज

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर ४ गते
भारतले नेपाललाई अनुदानमा दियो थप १० वटा बेलिब्रिज
AdvertisementAds

भारतले नेपाललाई थप १० वटा बेलिब्रिज (फलामे पुल) अनुदानमा उपलब्ध गराउने निर्णय गरेको छ। भारी वर्षा र बाढी–पहिरोबाट क्षति पुगेका सडक सञ्जाल नियमित सञ्चालनमा ल्याउन यस वर्ष भारतले अनुदानमा १० वटा बेलिब्रिज दिने भएको हो। गत वर्ष पनि भारतले नेपाललाई १० वटा बेलिब्रिज उपलब्ध गराएको थियो।

यसै क्रममा एउटा बेलिब्रिज बिहीबार नेपाललाई हस्तान्तरण गरिएको छ भने बाँकी नौवटा पुल एक हप्ताभित्र नेपाल आइपुग्नेछन्। हेटौँडामा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङलाई बेलिब्रिज हस्तान्तरण गरे।

उपलब्ध गराइएको बेलिब्रिजको लम्बाइ ७० मिटर, चौडाइ सिंगल लेन ४.२५ मिटर र भारबहन क्षमता ३८ मेट्रिकटन रहेको छ। मन्त्री घिसिङले प्राकृतिक विपद्को समयमा भारतको सहयोगले पूर्वाधार शीघ्र पुनर्स्थापना गर्न मद्दत पुग्ने बताए। भारतीय राजदूत श्रीवास्तवले चयनित स्थानमा छिटै प्राविधिक टोली पठाइ पुल जडान गरिने जानकारी दिए। भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा र सडक विभागका महानिर्देशक विजय जैशीले भारतको सहयोगप्रति धन्यवाद व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स