नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८१\८२ को चार महिनामा करिब आठ अर्बको सेयर निष्कासनका लागि अनुमति दिएको छ। धितोपत्र बोर्डले पाँच अर्ब ८९ करोड बराबरको हकप्रद सेयर र एक अर्ब ९० करोड बराबरको म्युचुअल फन्ड गरी कुल सात अर्ब ७९ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको हो ।
समीक्षा अवधिमा तीन अर्ब ९१ करोड बराबरको हकप्रद सेयर, तीन अर्ब ६७ करोड बराबरको बोनस सेयर र ४७ लाख रुपैयाँ बराबरको एफपिओ गरी कुल सात अर्ब ५८ करोड रुपैयाँ बराबरको धितोपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका छन्।
२०८० कात्तिक मसान्तमा एक हजार ८५२.०९ रहेको नेप्से सूचकाङ्क २०८१ कात्तिक मसान्तमा वृद्धि भएर दुई हजार ७४८.७९ कायम भएको छ। धितोपत्र बजारको पुँजीकरणमा समेत उल्लेखनीय वृद्धि भएको छ। २०८० कात्तिक मसान्तमा २८ खर्ब ५३ अर्ब एक करोड रहेको बजार पुँजीकरण २०८१ कात्तिक मसान्तमा ४३ खर्ब ७६ अर्ब ९० करोड पुगेको छ।
गत कात्तिक मसान्तसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २६७ पुगेको छ। आगामी महिनाहरूमा पनि धितोपत्र बजारमा सकारात्मक गतिविधि कायम रहने अपेक्षा गरिएको छ।











![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)





![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया