नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्काशनको लागि २०८३ सालमा यी ४ वटा कम्पनीले अनुमति मागेका छन्। भगवती स्टील इण्डष्ट्रिज लिमिटेड, एशियन कंक्रिटो लिमिटेड, डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेड, केटिएम हस्पिटालिटीले आईपीओ निष्काशनका लागि अनुमति मागेका हुन्।
भगवती स्टील इण्डष्ट्रिज लिमिटेडले वैशाख १४ गते अंकित मूल्य १०० रुपैयाँमा १३३ रुपैयाँ प्रिमियम थप गरी कुल २३३ रुपैयाँ दरमा आईपीओ निष्काशन गर्ने प्रस्ताव गरेको छ। कम्पनीले कुल १५ लाख कित्ता आईपीओ जारी गर्ने योजना बनाएको छ भने आईपीओ निष्काशनका लागि नबिल इन्भेष्टमेन्टलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ।
एशियन कंक्रिटो लिमिटेडले वैशाख १४ गते दर्ता गरेको आवेदनअनुसार साधारणसभाबाट प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित भए पनि अहिले भने अंकित मूल्यमा नै आईपीओ निष्काशन गर्ने गरी प्रक्रिया अघि बढाएको छ। कम्पनीले १० करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ६२ हजार ५ सय कित्ता आईपीओ निष्काशनको अनुमति माग गरेको हो। आईपीओ निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ।
डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले वैशाख १४ गते दर्ता गरेको आवेदनअनुसार जारी पुँजीको ३० प्रतिशत बराबर १६ करोड २० लाख रुपैयाँको १६ लाख २० हजार कित्ता आईपीओ निष्काशन गर्ने प्रस्ताव गरेको छ। आईपीओ निष्काशनका लागि कम्पनीले सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ।
केटिएम हस्पिटालिटीले वैशाख १४ गते दर्ता गरेको आवेदनअनुसार १५ करोड ५० लाख रुपैयाँ बराबरको १५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने प्रस्ताव गरेको छ। आईपीओ निष्काशनका लागि आरविवि मर्चेन्ट बैंकिङ बिक्री प्रबन्धकका रूपमा रहेको छ।









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया