तेस्रो इम्प्याक्ट क्याफे (आइक्याफे) टेकस्पायर कलेज, बानेश्वरमा उद्घाटन गरिएको छ। स्टुडियो नेपालद्वारा सञ्चालित यस क्याफेले विद्यार्थीलाई क्याम्पसमै नयाँ आइडिया विकास गर्ने, मेन्टरहरूसँग भेटघाट तथा छलफल गर्न मिल्ने वातावरणसँगै किफायती मूल्यमा गुणस्तरीय कफी उपलब्ध गराउँछ।
पहिलो इम्प्याक्ट क्याफे एक वर्षअघि अनामनगरस्थित आइडिया स्टुडियो नेपालको कार्यालयमा शुरु गरिएको थियो। दोस्रो शाखा यस वर्ष असारमा कुपण्डोलको पीसीपीएस कलेजमा सञ्चालनमा आएपछि अब अन्य कलेजमा विस्तार गर्ने योजनासहित अघि बढिरहेको निर्देशक अनिल बस्नेतले बताए। उनको अनुसार लगनखेलको नेसफिल्ड कलेजमा चाँडै चौथो शाखा सुरु हुन लागेको छ।
उद्घाटन समारोहमा अध्यक्ष डा. छेरिङ लामाले क्याफे विद्यार्थीहरूको अध्ययन, प्रोजेक्ट, बैठक तथा सिर्जनशील गतिविधिका लागि ‘उत्सव स्थल’ बनेको बताए। टेकस्पायर कलेजका सीईओ लक्ष्मण पोखरेलले यसले सिकाइ वातावरणलाई अझ समृद्ध बनाएको उल्लेख गरे।
आइडिया स्टुडियो नेपालले २०० स्टार्टअप तथा ५० कॉर्पोरेट र बैंकिङ संस्थासँग साझेदारी गरी क्याफे सञ्चालनमा ल्याएको हो। क्याफेले बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म किफायती दरमा बिन्स कफी, फ्रुट जुस, बेकरी, पेस्ट्री र स्न्याक्स उपलब्ध गराउँछ।
क्याफेमा विद्यार्थीहरूले पार्ट–टाइम रोजगारी पाइसकेका छन्। अमेरिकानो रु ८० र क्यापुचिनो रु ९५ मा उपलब्ध छ, जुन साधारण कफी शपभन्दा करिब ५०% सस्तो दर हो।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया