आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले ओखलढुंगा, जितपुर, गुल्मी, चन्द्रौटा, पाल्पा, सुकड र बैतडीस्थित शाखा कार्यालयका लागि शाखा प्रबन्धक माग गरेको हो।
कम्पनीका अनुसार, उक्त पदका लागि आवेदन दिन इच्छुक उम्मेदवारले स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै जीवन बीमा, बैंकिङ, माइक्रोफाइनान्स वा सेल्स म्यानेजमेन्ट क्षेत्रमा कार्य अनुभव भएको हुनुपर्नेछ।
इच्छुक तथा योग्य उम्मेदवारले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्।


प्रतिकृया