११ वटा निर्माण कम्पनी र आपूर्तिकर्ता परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउने छैनन् ?

११ वटा निर्माण कम्पनी र आपूर्तिकर्ता परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउने छैनन् ?

एक चिनियाँ कम्पनीसहित ११ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालो सूचीमा राखिएको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले जिन्यु टेक्नोलोजीसहित ११ कम्पनीलाई कालो सूचीमा समावेश गरेको हो। जिन्यु टेक्नोलोजी नेपाल दूरसञ्चार कम्पनीमा काम गरिरहेको थियो। काम सन्तोषजनक नभएपछि नेपाल दूरसञ्चार कम्पनीले उक्त कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरेको थियो।

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार कालो सूचीमा परेका ११ कम्पनीमध्ये जिन्यु टेक्नोलोजीलाई सबैभन्दा बढी तीन वर्षका लागि कालो सूचीमा राखिएको छ। अन्य कम्पनीहरूलाई भने एक वर्षदेखि दुई वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ।

कालो सूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिदसम्बन्धी कारबाहीमा सहभागी हुन पाउने छैनन्।

Blacklist e1765847157564 https://bajarkochirfar.com/if-11-construction-companies-and-suppliers-are-blacklisted-what-will-they-not-be-allowed-to-do-for-how-long | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स