आइसीएफसी फाइनान्स लिमिटेडले ऋणपत्र निष्काशन गर्न लागेको छ। फाइनान्सले नेपाल राष्ट्र बैंकबाट ऋणपत्र निष्कासनका लागि स्वीकृति पाइसकेको छ।कम्पनीले ८ प्रतिशत वार्षिक ब्याजदरमा १००० रुपैयाँ दरले ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र जारी गर्ने तयारी गरेको छ।
आइसीएफसीको डिबेञ्जरको परिपक्व अवधि २०८९ सम्म रहनेछ। अब फाइनान्सले नेपाल धितोपत्र बोर्डबाट निष्कासनको अनुमति पाएपछि सार्वजनिक रूपमा ऋणपत्र जारी गर्नेछ।



















प्रतिकृया