नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले धितोपत्र बजारमा हुने हेराफेरी तथा इन्साइडर ट्रेडिङ लगायतका अनैतिक गतिविधि नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल स्टक ब्रोकर्स एसोसिएसनको ३० औं वार्षिक साधारण सभा उद्घाटनका क्रममा बिहीबार उनले धितोपत्र बजारलाई निष्पक्ष, पारदर्शी र सुशासित बनाउने मूल नाराका साथ बोर्ड अघि बढेकाले कुनै पनि प्रकारका अनौतिक गतिविधि हुन नदिने प्रष्ट पारे ।
उनले बजारमा हुने हेराफेरी, इन्साइडर ट्रेडिङ, सेयर कर्नरिङ, सर्कुलर ट्रेडिङ जस्ता अनैतिक प्रचलनलाई कडाइका साथ नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।यसै क्रममा उनले लगानीकर्ताका हकअधिकार सुनिश्चित गर्न बजारमा देखिएका विकृतिहरू हटाउन दृढ रहेको जनाए। श्रेष्ठले नेपालको पुँजी बजारको वृद्धि र सुधारमा धितोपत्र दलालहरूले खेलेको भूमिकाको प्रशंसा गरे ।
साथै, अध्यक्ष श्रेष्ठले लगानीकर्ताको प्रमुख चासोको विषय भएकाले कारोबार भएका धितोपत्रको समयमै क्लियरिङ र सेटलमेन्टमा विशेष ध्यान दिन धितोपत्र दलालसँग आग्रह गरे ।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)







प्रतिकृया