क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर बिहीबार, चैत २८ गते स्पेशल प्रि-ओपन सेसनमा पहिलोपटक कारोबारमा आएको छ। पहिलो कारोबार प्रतिकित्ता ३०२ रुपैयाँ ५० पैसामा भएको हो।
यसअघि, चैत २७ गते नेप्सेमा कम्पनीको ७५ लाख कित्ता सेयर सूचीकृत भएको थियो। तीमध्ये २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो भने ५२ लाख ५० हजार कित्ता संस्थापक सेयरधनीका नाममा रहेको छ।
नेप्सेले पहिलो कारोबारका लागि १०० रुपैयाँ ८६ पैसा देखि ३०२ रुपैयाँ ५८ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको थियो। यही रेञ्जभित्र पहिलो कारोबार सम्पन्न भएको हो। कम्पनीलाई CREST स्टक टिकर प्रदान गरिएको छ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया