शिवश्री हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि साउन १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार, साउन १५ गतेसम्म कम्पनीको सेयर धनी रहेका लगानीकर्ताहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।
नेपाल धितोपत्र बोर्डले साउन ४ गते कम्पनीलाई हाल कायम चुक्तापुँजीको १०० प्रतिशतका दरले अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको थियो। कम्पनीले कुल १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरमा १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर ल्याउन लागेको हो। हकप्रदका लागि बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया