हिमालयन इनर्जी लिमिटेडले आफ्नो साधारण सेयर (आईपीओ) सार्वजनिक रूपमा निष्काशन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडलाई सुम्पिएको छ।
मंसिर १ गते काठमाडौंमा आयोजित समारोहमा दुबै कम्पनीबीच आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो। सम्झौतामा हिमालयन इनर्जीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी भट्टराई र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन इनर्जी लिमिटेडको आईपीओ निष्काशन प्रक्रिया व्यवस्थापन गर्नेछ।
कम्पनीले निर्माण गरिरहेको ‘कालिन्चोक जलविद्युत आयोजना’ दोलखा जिल्लाको कालिन्चोक–१, थामी गाउँमा स्थित छ। यस आयोजना ३ मेगावाट विद्युत उत्पादन क्षमता राख्दछ।
२०८१ असोज ११ गते सम्पन्न साधारण सभाले कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ (५ लाख कित्ता सेयर) पारित गर्दै, त्यसको २० प्रतिशत (१० लाख कित्ता) सेयर सर्वसाधारणमा जारी गर्ने निर्णय गरेको थियो ।



















प्रतिकृया