चाँदीको कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ। कम्पनीले आईपीओ निष्काशन प्रक्रिया औपचारिक रूपमा अगाडि बढाइसकेको जनाएको छ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कम्पनीले ज्योति क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यस सम्बन्धमा भएको सम्झौतामा हिमालयन बुलियन कम्पनी लिमिटेडका अध्यक्ष भीष्म प्रसाद गौतम र ज्योति क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास ढकालले हस्ताक्षर गरेका छन्।
कम्पनीका अनुसार आवश्यक नियामक प्रक्रिया पूरा गरी सर्वसाधारणका लागि आईपीओ निष्काशन गरिनेछ।









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया