हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेड ले सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओ सम्बन्धी प्रस्ताव पारित गर्न दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो।
फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत १२ गते दिउँसो १ बजेदेखि पर्सास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ।
सभामा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नुका साथै निष्काशन प्रक्रियामा आवश्यक कागजात तयार गर्ने, नियमनकारी निकायहरूसँग पत्राचार गर्ने तथा आवश्यक अख्तियारी प्रदान गर्ने विषयमा छलफल हुनेछ। साथै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियमनकारी निकायबाट कुनै थपघट गर्न निर्देशन आएमा त्यसको कार्यान्वयनका लागि सञ्चालक समितिलाई अधिकार दिने र कम्पनीको नाम परिवर्तन गर्ने विशेष प्रस्तावहरू समेत पारित गरिनेछन्।
यसका अतिरिक्त सभाले गत आर्थिक वर्षको वित्तीय विवरण तथा सञ्चालक समितिको वार्षिक प्रतिवेदन पनि अनुमोदन गर्ने कार्यसूची रहेको छ।













![नेपालमा सफल बिजनेस गर्ने हो भने बुझ्नैपर्ने कुराहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/b6-IQQtovOU-maxresdefault-768x432.jpg)


![नेपालमा सफल बिजनेस गर्ने हो भने बुझ्नैपर्ने कुराहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/b6-IQQtovOU-maxresdefault-150x150.jpg)

![नेप्सेमा ध्यान दिनुपर्ने महत्वपूर्ण सपोर्ट र रेजिस्टेन्स जोनहरू [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/CjQs4hbYUa8-maxresdefault-150x150.jpg)

प्रतिकृया