केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना, पाइलटसहित सबै यात्रुको मृत्यु



भारतको उत्तराखण्डमा एक हेलिकप्टर दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ। देहरादुनबाट केदारनाथ उडेको आर्यन एभियसन प्रालिको हेलिकप्टर आइतबार बिहान ५:२० बजे रूद्रप्रयागको गौरिकुण्ड र त्रिजंगीनारायणको बीचमा पर्ने दुर्गम क्षेत्रमा दुर्घटना भएको हो।

हेलिकप्टरमा पाइलटसहित ६ जना यात्रु सवार थिए, जसमा एक बालक पनि थिए। दुर्घटनाको पुष्टि उत्तराखण्डका प्रहरी महानिरीक्षक राजिव स्वरूपले गरेका छन् र उद्धार टोली घटनास्थलमा खटाइएको छ। घटनाले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी स्तब्ध भएको जनाएका छन्।


Advertisement

यसअघि बिहीबार भारतको अहमदावादस्थित विमानस्थलबाट बेलायत उडेको एयर इन्डियाको बोइङ जहाज दुर्घटनामा परी २४१ जनाको मृत्यु भएको थियो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर