भारतको गुजरातमा हेलिकप्टर दुर्घटना

भारतको गुजरातमा हेलिकप्टर दुर्घटना

भारतको गुजरातस्थित पोरबंदरमा आइतबार एक हेलिकप्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। पोरबंदर कोस्टगार्ड एयर एन्क्लेवमा दुर्घटना हुँदा घाइते भएका दुई जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको र हेलिकप्टरबाट हाम फाल्ने व्यक्तिको पनि घटनास्थलमै ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दुर्घटनाग्रस्त हेलिकप्टर कोस्टगार्डको एडभान्स लाइट हेलिकप्टर (एएलएच) ध्रुव रहेको र यो नियमित प्रशिक्षण उडानको क्रममा प्राविधिक समस्या आएपछि अवतरण गर्ने क्रममा दुर्घटनामा परेको भारतीय अधिकारीहरूले बताएका छन्। स्थानीय प्रहरीले दुर्घटनाको पुष्टि गरे पनि कोस्टगार्डले अहिलेसम्म यसबारे आधिकारिक जानकारी दिएको छैन।

दुर्घटनाबारे अनुसन्धान भइरहेको छ भने दुई महिनाअघि पनि कोस्टगार्डकै अर्को हेलिकप्टर समुद्रमा दुर्घटनाग्रस्त भएको घटना सार्वजनिक भएको थियो।

(भारतीय मिडियाहरुको सहयोगमा)

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स