श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले सिंहदरबारमा बोलाएको बैठकमा सहभागी नहुने बताएका छन्।
प्रतिनिधिसभाको बैठक बोलाउन माग गर्दै उनले कोठाभित्र हुने अनौपचारिक बैठकमा आफ्ना पार्टीका सांसदहरू सहभागी नहुने स्पष्ट पारेका हुन्।
आज प्रधानमन्त्रीले सिंहदरबारमा कोशी प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ। सोही क्रममा प्रधानमन्त्रीको सचिवालयले श्रम, संस्कृति पार्टीका सांसदहरूलाई पनि आमन्त्रण गरेको थियो।
तर, साम्पाङले उक्त निम्तो अस्वीकार गर्दै संसद् बैठक बोलाउनुपर्नेमा जोड दिएका छन्।
उनले भने, “प्रधानमन्त्रीले सदन बोलाउन तिर पहल नगरी कोठे वैठकमा बोलाउनुको कारण था भएन ! हामी कोठे वैठकमा आउँदैनौँ ! सदनको वैठक बोलाउनु परो ! हप्ताको १ चोटि कम्तीमा राख्नु पर्छ वैठक ! जनताको प्रश्नहरु देखि भाग्न पाइँदैन ! सबै प्रश्नका उत्तर दिनै पर्छ ! जय लोकतन्त्र !”

















प्रतिकृया