आईपीओ प्रस्ताव सहित ह्याबिट्याट पावरले बोलायो वार्षिक साधारणसभा

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २३ गते
आईपीओ प्रस्ताव सहित ह्याबिट्याट पावरले बोलायो वार्षिक साधारणसभा

ह्याबिट्याट पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। साउन २१ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ प्रस्तावसहित तेस्रो वार्षिक साधारणसभा आगामी भदौ १३ गते गर्ने निर्णय गरेको हो। सभा बिहान ९ बजे कम्पनीको रजिष्टर्ड कार्यालय हाँडीगाउँ, काठमाडौंमा हुनेछ।

सभामा आईपीओ निष्काशन सम्बन्धी प्रस्ताव पारित गरी त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय हुनेछ। साथै, सञ्चालकहरूको सेवा सुविधामा निर्णय गरिनेछ।

सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गर्नेछ। साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने तथा स्वतन्त्र सञ्चालक नियुक्तिको प्रस्ताव अनुमोदन गर्ने एजेन्डा पनि सभामा समावेश छ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ भदौ ६ गते बुक क्लोज गर्नेछ। यसअनुसार भदौ ४ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा सहभागिता जनाउन सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स