नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले गभर्नरको दौडमा अघि बढ्न पदबाट राजीनामा दिएका छन्। उनी हाल राष्ट्रिय योजना आयोगका सदस्य (काज सरुवा) रहेका थिए।
हालको कानुनी प्रावधानअनुसार डेपुटी गनर्भरबाहेक गभर्नर पदका लागि सिफारिस हुने व्यक्तिले कुनै पनि सरकारी जिम्मेवारीमा नभएको हुनुपर्ने छ। जसका कारण श्रेष्ठले कार्यकारी निर्देशक पद त्यागेका हुन्।
यता सरकारले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्रीको अध्यक्षतामा गठन गरेको सिफारिस समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेललाई सदस्य चयन गरेको छ। समितिले एक जना डेपुटी गभर्नरसहित तीन जनाको नाम सिफारिस गर्नेछ।
२०५४ सालमा राष्ट्र बैंकमा प्रवेश गरेका श्रेष्ठ २०७६ सालमा कार्यकारी निर्देशक बनेका थिए। उनले आर्थिक अनुसन्धान विभाग तथा लघुवित्त सुपरिवेक्षण विभागको नेतृत्व गरिसकेका छन्। नेपाल धितोपत्र बोर्डको सञ्चालकका रूपमा समेत उनी कार्यरत थिए।
यस नेपाल राष्ट्र बैंकको गभर्नर पदको दौडमा सामेल नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले पनि राजिनामा दिएका थिए। ढुङ्गानाले चैत्र १० गतेदेखि लागू हुने गरी राजिनामा दिएका थिए।
















प्रतिकृया