निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारको ध्यानाकर्षण

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारको ध्यानाकर्षण

राष्ट्रियसभा सदस्यहरूले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन्। सभाको आजको विशेष समयमा सांसदहरूले मतदातालाई राष्ट्र र जनताको हितमा हस्तक्षेप गर्न सक्ने उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन्।

नेपाली कम्युनिष्ट पार्टीका राष्ट्रियसभाका सचेतक गङ्गाकुमारी बेलबासेले बेथिति, भ्रष्टाचार र वैदेशिक हस्तक्षेपको विरोध गर्ने उम्मेदवारलाई विजयी गराउनुपर्ने बताए। उनले मतको दुरुपयोग नगरी सच्चा र जिम्मेवार व्यक्तिलाई जिताउन अपिल गरे।

त्यसैगरी, पार्टीका सांसद राजेन्द्रलक्ष्मी गैरेले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सबै पक्ष एकताबद्ध हुनुपर्ने र निर्वाचन निर्धारित मितिमा सम्पन्न गर्न लागेकोमा सरकारलाई धन्यवाद दिए। सांसद गोपीबहादुर सार्कीले लोकतन्त्र र संविधानको रक्षा गर्न निर्वाचन अपरिहार्य रहेको उल्लेख गर्दै शान्तिपूर्ण निर्वाचनको वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए।

नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले मुलुकलाई संवैधानिक ट्र्याकमा ल्याउन निर्वाचन आवश्यक रहेको र जनतामा भ्रम फैलाउने प्रयासप्रति सचेत रहनुपर्ने बताए। नारायणदत्त मिश्रले निर्वाचन निष्पक्ष, धाँधलीरहित र मतदातालाई ढुक्क भएर मतदान गर्न सक्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए।

एमालेका सांसद गोपाल भट्टराईले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र कारागारबाट भागेका कैदीहरू निर्वाचन सुरक्षाका चुनौती हुन सक्ने बताउँदै सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन आग्रह गरे।

Stay Updated With 54 https://bajarkochirfar.com/governments-attention-drawn-to-making-the-elections-clean-fair-and-fearless | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स