प्रतिनिधिसभाका सदस्य तथा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारलाई तत्काल नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त गर्न आग्रह गरेका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले राष्ट्र बैंक लामो समयदेखि नेतृत्वविहीन रहेको उल्लेख गर्दै यसले अर्थतन्त्रमा नकारात्मक असर पार्ने चेतावनी दिए। गभर्नर नियुक्तिमा ढिलाइ हुँदा विभिन्न अड्कलबाजी भइरहेका कारण सरकार गम्भीर हुनुपर्ने उनले बताए।
सांसद खतिवडाले नेपाल धितोपत्र बोर्डका अध्यक्षमाथि लागेको कमिसन काण्डको पनि कडा आलोचना गरे। आईपीओ स्वीकृतिका लागि कमिसन मागिएको आरोपबारे सरकारको स्पष्ट जवाफ माग गर्दै उनले भने, “धितोपत्र बोर्डको अध्यक्षले कमिसन लिएको काण्ड बाहिर आएको छ, योबारे सरकारले जवाफ दिनुपर्छ।”



















प्रतिकृया