नेपाल टेलिकममा सर्वसाधारणको सेयर स्वामित्व २५ प्रतिशत पुर्याउने सरकारको योजना रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन्।
मंगलबार टेलिकमको २१औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले आगामी वर्षभित्रै सर्वसाधारणको सेयर हिस्सा कम्तीमा २५ प्रतिशत पुर्याइने जानकारी दिए।
“सर्वसाधारणको स्वामित्व बढेपछि उनीहरूलाई अपनत्व महसुस हुन्छ। काम नगरे जनताको निगरानी बढ्छ, जसले कम्पनीलाई बढी जिम्मेवार बनाउन सहयोग गर्छ,” मन्त्री गुरुङले भने।
हाल नेपाल स्टक एक्सचेञ्ज नेपाल टेलिकममा संस्थापकको स्वामित्व ९१.५३ प्रतिशत अर्थात् १६ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ छ भने सर्वसाधारणको सेयर हिस्सा मात्र ८.४७ प्रतिशत अर्थात् १ अर्ब ५२ करोड ४६ लाख रुपैयाँ छ।









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया