insta insta

‘करेन्ट’ चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न सरकारको निर्देशन, कारण यस्तो

‘करेन्ट’ चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न सरकारको निर्देशन, कारण यस्तो
Advertisement Ads

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोदा फुड्स प्रा.लि. द्वारा उत्पादित ‘करेन्ट’ चाउचाउ (१०० ग्राम) को एक ब्याच बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ।

विभागका अनुसार बजार अनुगमनका क्रममा संकलन गरिएको ब्याच नम्बर 04A को नमुना प्रयोगशालामा परीक्षण गर्दा एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु सरकारले तोकेको गुणस्तर मापदण्ड अनुसार नभएको पाइएको हो।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम सो ब्याचका सबै उत्पादन बिक्री–वितरण नगर्न र बजारबाट फिर्ता (Recall) गर्न निर्देशन दिइएको विभागले जनाएको छ। रुपन्देहीको तिलोत्तमा स्थित उद्योगलाई उक्त आदेशअनुसार तत्काल उत्पादन बजारबाट हटाउन भनिएको छ।

यससँगै विभागले सोही उद्योगका ‘लाली’ चाउचाउ तथा एशियन बिस्कुटको ‘ज्याक न्याक क्राकर्स’ लाई समेत गुणस्तरहीन भन्दै बिक्री वितरण रोक्का गर्न र बजारबाट फिर्ता गर्न कडा निर्देशन दिएको छ।

उपभोक्ताको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै विभागले यस्ता उत्पादन उपभोग नगर्न र बजारमा देखिएमा जानकारी गराउन उपभोक्तासँग आग्रह गरेको छ।

current noodles batch recalled notice 1778827315651 https://bajarkochirfar.com/government-orders-immediate-withdrawal-of-current-noodles-from-the-market-heres-the-reason | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स