नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष आर्थिक क्षेत्र प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्तिका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ। विशेष आर्थिक क्षेत्र ऐन, २०७३ को दफा २२ बमोजिमको योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मिति (२०८३/०३/२०) ले २१ (एक्काइस) दिनभित्र कार्यालय समयमा मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरबार, काठमाडौँमा दरखास्त दिन सक्नेछन्। आवश्यक योग्यता, अनुभव र पेश गर्नुपर्ने कागजात सम्बन्धी विस्तृत विवरण मन्त्रालयको वेबसाइट www.moics.gov.np मा उपलब्ध छ। उम्मेदवारहरूले मन्त्रालयको वेबसाइटमा रहेको Google Form समेत अनिवार्य रूपमा भर्नुपर्नेछ। थप जानकारीका लागि ०१-४२११४९९ वा इमेल [email protected] मा सम्पर्क गर्न सकिनेछ।
थप सुचनामा:

