नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकार लागिरहेको छ: अर्थमन्त्री पौडेल

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २० गते
नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकार लागिरहेको छ: अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार सघन र संगठित रूपमा क्रियाशील रहेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा उनले १९ वटा ऐन संशोधन गरी मनी लाउन्डरिङ निवारण र व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी कानुनी सुधार गरिएको जानकारी दिए। सम्पत्ति शुद्धीकरणसम्बन्धी नियमावली २०८१ जारी भई कार्यान्वयनमा आएको छ भने २०८१/८२ देखि २०८५/८६ सम्मको रणनीति तथा कार्ययोजना पनि लागू भइसकेको छ। एपीजीको निर्देशनअनुसार FIU मार्फत प्रतिवेदन व्यवस्थापन भइरहेको छ।

साथै, क्यासिनो र बहुमूल्य धातु व्यवसायीका लागि विशेष निर्देशन जारी गरिएको छ। पौडेलले निर्धारित समयअघि नै नेपाल ग्रे लिस्टबाट बाहिरिने दाबी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स