नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले वर्तमान सरकार निर्वाचन सार्ने बहाना खोजिरहेको आरोप लगाएका छन्। पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री सुशीला कार्कीले हिमाली क्षेत्रमा दोस्रो चरणमा पनि निर्वाचन हुनसक्ने बताएकी प्रसंग उद्धृत गर्दै, मौसमलाई आधार बनाएर चुनाव सार्ने तयारी भइरहेको बताए।
थापाले भने, “अहिलेको सरकारले निर्वाचनलाई सार्ने बहाना खोज्दैछ। सायद हिजो या अस्ति प्रधानमन्त्री सुशीला कार्कीले भनेकी छिन्, ‘हिमपात बढी भयो, मौसम खराब भयो भने त्यहाँ चुनाव सर्न सक्छ।’ तर त्यो चुनाव दुई चरणमा हुनसक्ने योजना हो, हिमाली क्षेत्रमा अहिले चुनाव हुन नसक्ने भनिएको छ। अहिलेको सरकारले मौसमलाई बहाना बनाएर चुनाव सार्ने प्रयास गरिरहेको छ।”
उनले थपे कि उनको पार्टीले सुरु देखि नै चुनाव नहुने जिकिर गर्दै आएको छ र अहिलेको सरकारले बहाना खोजेर निर्वाचन स्थगित गर्ने प्रयास गर्दैछ।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया