सरकारले वैकल्पिक तथा नवीकरणीय ऊर्जा स्रोतहरूको विकास गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सौर्य, वायु र हाइड्रोजन ऊर्जा प्रवर्द्धन गरिने जानकारी दिएका हुन्।
नीति तथा कार्यक्रममा सबै नागरिकलाई आधुनिक तथा नवीकरणीय ऊर्जामा पहुँच सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरिएको छ। त्यसका लागि ऊर्जा विकास मार्गचित्र २०८१ लाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने उल्लेख गरिएको छ।
साथै, मार्गचित्र कार्यान्वयनमा आवश्यक कानुनी, नीतिगत, संस्थागत र प्रक्रियागत सुधारहरू गरिने राष्ट्रपति पौडेलले उल्लेख गरे ।











![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया