insta insta

सोमबार सुनको भाउ घट्यो, चाँदीको मूल्य स्थिर

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २५ गते
सोमबार सुनको भाउ घट्यो, चाँदीको मूल्य स्थिर
Advertisement Ads

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ।

आइतबार एकैदिन प्रतितोला तीन हजार पाँच सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार भने घटेर प्रतितोला तीन हजार सात सय रुपैयाँले तल झरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख १३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार भने यही सुन प्रतितोला तीन लाख १६ हजार नौ सय रुपैयाँमा किनबेच भएको थियो।

चाँदीको मूल्य भने सोमबार परिवर्तन भएको छैन। आइतबार प्रतितोला पाँच हजार चार सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ।

यसैबीच अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस पाँच हजार ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Copy of Copy of GOLD SILVER 5 https://bajarkochirfar.com/gold-prices-fell-on-monday-silver-prices-remained-stable | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स