नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। लगातार उकालो लागेको सुनको भाउ आज पुनः हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
यसअघि सोमबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भई रेकर्ड बनाएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार उक्त मूल्यलाई समेत पार गर्दै सुन प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको छ। यो अघिल्लो रेकर्डभन्दा प्रतितोला ३ सय रुपैयाँले बढी हो।
चाँदीको मूल्य पनि उस्तै गतिमा बढिरहेको छ। सोमबार प्रतितोला ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर ६ हजार ८ सय ७० रुपैयाँ पुगेको महासंघले जनाएको छ। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय ५ रुपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य उच्च विन्दुमै कारोबार भइरहेको छ। आज सुन प्रतिऔंस ५ हजार ७२ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया