चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो भदौसम्ममा २० वटै वाणिज्य बैंकहरूले जम्मा १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसम्ममा यी बैंकहरूले १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ नाफा कमाएका थिए। यस वर्षको समीक्षा अवधिसम्ममा बैंकहरूको नाफा ६.१८ प्रतिशतले घटेको छ।
सर्वाधिक नाफा आर्जन गर्नेमा ग्लोबल आइएमई बैंक पहिलो स्थानमा रहेको छ, जसले १ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको तुलनामा यसको नाफा ३.९९ प्रतिशतले बढेको हो। दोस्रो स्थानमा नबिल बैंक रहेको छ, जसले १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, तर अघिल्लो वर्षको तुलनामा २०.०९ प्रतिशतले घटेको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक तेस्रो स्थानमा छ, जसको नाफा १०.५१ प्रतिशतले घटेर १ अर्ब २३ करोड ४४ लाख रुपैयाँमा पुगेको छ।
त्यस्तै कुमारी बैंकले १ अर्ब ५ करोड ६८ लाख, प्राइम कमर्सियल बैंकले १ अर्ब ४ करोड ६७ लाख र एनएमबि बैंकले १ अर्ब ३ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा कुमारी र प्राइमको नाफा क्रमशः २.६० र ७.३९ प्रतिशतले घट्दा एनएमबिको नाफा ३२.१४ प्रतिशतले बढेको छ।
यसैगरी लक्ष्मी सनराइज, एभरेष्ट, राष्ट्रिय वाणिज्य, सिद्धार्थ, नेपाल र सानिमा बैंकको नाफा अघिल्लो वर्षको तुलनामा बढेको छ। ती बैंकहरूले क्रमशः ९७ करोड ४१ लाख, ९१ करोड २८ लाख, ८८ करोड ५८ लाख, ८४ करोड ९० लाख, ८४ करोड २८ लाख र ७२ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। प्रभु, कृषि विकास, सिजिन्स, स्ट्यान्डर्ड चार्टर्ड र एनआईसी एशिया बैंकको नाफा भने घटेको छ, जसले क्रमशः ६७ करोड ६० लाख, ५८ करोड ९८ लाख, ५५ करोड ७६ लाख, ५३ करोड २२ लाख र ४९ करोड ५१ लाख रुपैयाँ नाफा कमाएका छन्। माछापुच्छ्रे बैंकको नाफा वृद्धि भई ४८ करोड १९ लाख रुपैयाँ पुगेको छ भने हिमालयन बैंक र नेपाल एसबीआई बैंकको नाफा घटेर क्रमशः ३७ करोड ७ लाख र ३५ करोड ४५ लाख रुपैयाँमा सीमित भएको छ।
समग्रमा २० बैंकमध्ये १० बैंकको नाफा घटेको र १० बैंकको नाफा बढेको छ। ग्लोबल आइएमई बैंक नाफा रकमका हिसाबले अग्रणी रहँदा वृद्धि दरका हिसाबले सिद्धार्थ बैंक अगाडि रहेको छ।






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)

![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)





![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया