गरिमा क्यापिटल लिमिटेडले आफ्नो दोस्रो म्युचुअल फण्ड योजना ‘गरिमा सुवर्ण योजना’ निष्काशन गर्ने भएको छ। योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ।
पहिलो चरणमा भने ५० करोड रुपैयाँ बराबरका ५ करोड इकाई मात्रै सार्वजनिक बिक्रीमा ल्याइनेछ। निष्काशन गरिने कुल इकाइमध्ये ९० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंकलाई र ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ। बाँकी ३ करोड ५० लाख इकाई (३५ करोड रुपैयाँबराबर) प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि बिक्री गरिनेछ।
यो खुलामुखी (Open-ended) योजना भएकाले प्रारम्भिक निष्काशनपछि बाँकी इकाइ सामूहिक लगानी कोष नियमावलीअनुसार योजना व्यवस्थापकले तोकेको वितरण प्रणालीमार्फत निरन्तर खरिद–बिक्रीका लागि खुला गरिने कम्पनीले जनाएको छ।
योजनामा फागुन २८ गतेदेखि आवेदन दिन सकिनेछ। न्यूनतम १०० इकाई र अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन पाइने व्यवस्था छ। गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस योजनामा चैत २ गतेसम्म आवेदन दिन सकिनेछ। तोकिएको अवधिमा पर्याप्त आवेदन नपरेमा चैत १२ गतेसम्म म्याद थप गर्न सकिनेछ।
योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक पनि गरिमा क्यापिटल लिमिटेड नै रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित ‘मेरो सेयर’ वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ।
















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया