नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सरकारको गाडी हाँकिरहेका शीर्ष नेताहरूलाई दुर्घटनामा नपर्न सुझाव दिएका छन्। बिहीबार प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन्।
महामन्त्री थापाले आफूहरू एउटै गाडीमा सवार भएको उल्लेख गर्दै ड्राइभिङ सिटमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा रहेको बताए। उनले भने, “हामी एउटै गाडीमा सवार छौं, तर ड्राइभिङ सिटमा दुई जना नेताहरू हुनुहुन्छ। अहिलेको र हुनेवाला प्रधानमन्त्रीले यो गाडी चलाइरहनुभएको छ। यो गाडी ठिक गतीमा जाओस्। अलमल नहोस्, ढलमल नहोस्। दुर्घटना नहोस्।”
साथै उनले बाहिरबाट ढुंगा हानेको र हिलो छ्यापेको अवस्था आफूहरूले रोक्ने बताए, तर स्टेरिङ समाउने नेताहरूले ठिक काम गर्नुपर्नेमा जोड दिए। “बाहिरबाट ढुंगा हानेका छन्, हिलो छ्यापेका छन्। त्यसलाई हामी रोक्छौं। तर, स्टेरिङ चलाउने त ठिक ढंगले चलाउनुपर्यो। कहिलेकाहीँ घ्याच्च रोकिदिएको छ, कहिले भिरतिर उक्लिएको छ। म सँग गाडीको स्टेरिङ छ भनेर जता पनि हिँडिदिएको छ,” थापाले असन्तुष्टि व्यक्त गरे।
महामन्त्री थापाले केही दिनअघि प्रधानमन्त्री ओलीले युवाको बेला भएको तर कोही तयार नभएको अभिव्यक्ति दिएकोमा पनि आपत्ति जनाए। उनले भने, “हाम्रोमा त छौं, हामीले चलाउने भनेर तयार पनि भएको। पाइएन, सकिएन, भ्याइएन। खेलको नियम त मान्नुपर्यो।” थापाले दुई शीर्ष नेताहरूले नबरालिकन काम गर्ने हो भने अझै समय र अवसर भएको भन्दै त्यसको प्रयोग गर्न सुझाव दिएका छन्।










![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)






![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया