सभापति बनेपछि पहिलोपटक सानेपा जाँदै गगन थापा

सभापति बनेपछि पहिलोपटक सानेपा जाँदै गगन थापा

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। विशेष महाधिवेशनबाट गत पुस ३० गते गगनकुमार थापा सभापतिमा निर्वाचित भएका थिए।

यसअघि तत्कालीन संस्थापन पक्षले विशेष महाधिवेशन अस्वीकार गरेकाले नयाँ कार्यसमिति केन्द्रीय कार्यालय सानेपामा प्रवेश गर्न सकेको थिएन। त्यस अवधिमा दुई पटक केन्द्रीय कार्यसमिति तथा संसदीय बोर्डको बैठक पार्टी प्यालेस र होटलमा आयोजना गरिएको थियो।

कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार सभापति थापाले शुक्रबार पदभार ग्रहण गरेपछि केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ।

 ‘सभापतिले पदभार ग्रहण गरेपछि केन्द्रीय समितिको बैठक बस्छ,’ उनले जानकारी दिए।

प्रतिनिधिसभा निर्वाचनका कारण अधिकांश केन्द्रीय सदस्यहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा गइसकेकाले काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरूको मात्र सहभागितामा बैठक बस्ने जनाइएको छ।

यसैबीच, विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि त्यसलाई अवैध ठहर गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। सो विषयमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स