instainsta

गगन थापाको दाबी– ‘व्यवस्थित कार्यालय चलाउने नेपालको पहिलो सांसद म हुँ, सर्लाही–४ लाई मधेशकै उत्कृष्ट बनाउँछु’

गगन थापाको दाबी– ‘व्यवस्थित कार्यालय चलाउने नेपालको पहिलो सांसद म हुँ, सर्लाही–४ लाई मधेशकै उत्कृष्ट बनाउँछु’
AdvertisementAds

नेपाली कांग्रेसका सभापति गगन थापाले सांसदको व्यवस्थित कार्यालय बनाएर काम गर्ने पहिलो नेता भएको दाबी गरेका छन्। बिहीबार सर्लाही–४ मा आयोजित चुनावी कार्यक्रममा उनले यस्तो बताएका हुन्।

महामन्त्री थापाले भने, “म नेपालको पहिलो सांसद हुँ, जसले सांसद भएपछि व्यवस्थित कार्यालय सञ्चालन गरेको छु। मेरो कार्यालय यहाँ छ। यहाँका नागरिकले जुन बेला चाह्यो त्यही बेला आउँछन्, समस्या टिपाउँछन्। मेरो काठमाडौंस्थित कार्यालयमा पनि सर्लाही–४ को काम तुरुन्त टिपिन्छ। धेरै काम त्यही कार्यालयबाटै सम्पन्न हुन्छ।”

थापाले आफू लगातार सर्लाही आइरहने प्रतिबद्धता पनि व्यक्त गरे। उनले बताए, “यहाँ आएर कार्यालयसँग मिलेर काम गर्नेछु। मेरो टिममा शिक्षा, स्वास्थ्य, कृषि र सिँचाइसम्बन्धी विशेषज्ञ छन्। बिहीबारै आइटी टिम सर्लाही–४ पुग्नेछ।”

सांसदको टिमले तयार पारेको रिपोर्टको आधारमा उनले आगामी पाँच वर्षभित्र गर्ने काम तय हुने पनि उनले बताए। सभापति थापाले भने, “मधेसका ३२ निर्वाचन क्षेत्रमध्ये सर्लाही–४ उत्कृष्ट काम गरेको क्षेत्र बन्नेछ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स