SHAREHUBSHAREHUB

आजदेखि डेढ हप्तासम्म काठमाडौंका विभिन्न स्थानहरूमा ४ घण्टा बिजुली काटिने

AdvertisementAds
आजदेखि डेढ हप्तासम्म काठमाडौंका विभिन्न स्थानहरूमा ४ घण्टा बिजुली काटिने
AdvertisementAds

सोमबार (आज, मंसिर १५) देखि करिब डेढ हप्तासम्म काठमाडौंका विभिन्न स्थानमा दैनिक ४ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजना खरिपाटीका अनुसार, कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरणकेन्द्रअन्तर्गतका विद्युतीय लाइनहरू भूमिगत गर्ने कार्यका लागि विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।

सो कार्यका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

आज शंखमूल फिडरअन्तर्गतको दोभान पुल वरिपरिका क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ। त्यस्तै, १८ गते फिक चोकदेखि बाबाचोक, १९ गते त्रिभुवन विश्वविद्यालय वरिपरिको क्षेत्र, र २१ गते कीर्तिपुर रिङरोड क्षेत्रमा पनि ४ घण्टा विद्युत् आपूर्ति बन्द हुनेछ।

अर्को हप्तामा २२ गते कलंकीदेखि थानकोटसम्म, २३ गते महादेव खोला पुलदेखि तीनकुनेसम्म, २४ गते पुनः त्रिभुवन विश्वविद्यालय क्षेत्र, २५ गते स्युचाटार क्षेत्र र २६ गते पुनः महादेव खोला पुलदेखि तीनकुने क्षेत्रसम्म विद्युत् आपूर्ति बन्द रहनेछ।

AdvertisementAds

साथै, मौसम प्रतिकूल भएमा विद्युत् आपूर्ति बन्द नहुने प्राधिकरणले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स