सोमबार (आज, मंसिर १५) देखि करिब डेढ हप्तासम्म काठमाडौंका विभिन्न स्थानमा दैनिक ४ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजना खरिपाटीका अनुसार, कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरणकेन्द्रअन्तर्गतका विद्युतीय लाइनहरू भूमिगत गर्ने कार्यका लागि विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।
सो कार्यका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।
आज शंखमूल फिडरअन्तर्गतको दोभान पुल वरिपरिका क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ। त्यस्तै, १८ गते फिक चोकदेखि बाबाचोक, १९ गते त्रिभुवन विश्वविद्यालय वरिपरिको क्षेत्र, र २१ गते कीर्तिपुर रिङरोड क्षेत्रमा पनि ४ घण्टा विद्युत् आपूर्ति बन्द हुनेछ।
अर्को हप्तामा २२ गते कलंकीदेखि थानकोटसम्म, २३ गते महादेव खोला पुलदेखि तीनकुनेसम्म, २४ गते पुनः त्रिभुवन विश्वविद्यालय क्षेत्र, २५ गते स्युचाटार क्षेत्र र २६ गते पुनः महादेव खोला पुलदेखि तीनकुने क्षेत्रसम्म विद्युत् आपूर्ति बन्द रहनेछ।
साथै, मौसम प्रतिकूल भएमा विद्युत् आपूर्ति बन्द नहुने प्राधिकरणले जानकारी दिएको छ।
















प्रतिकृया