चीनको विशेष प्रशासकीय क्षेत्र हङकङस्थित नेपाली महावाणिज्य दूतावासले सन् २०२५ नोभेम्बर १५ देखि नेपाली राहदानीधारी यात्रुसहित सबै नेपालीलाई हङकङ ट्रान्जिटमा भिसा नचाहिने भएको जानकारी दिएको छ। अब नेपालबाट अन्य देश तथा अन्य देशबाट नेपाल आउँदा हङकङ विमानस्थलको ट्रान्जिट क्षेत्रभित्रै रहने सर्तमा ट्रान्जिट भिसा लिनु नपर्ने भएको छ।
सन् २००५ जूनदेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै यात्रा गर्ने नेपाली नागरिकलाई ट्रान्जिट भिसा अनिवार्य गरिएको थियो। विश्वका अति व्यस्त विमानस्थलमध्ये एक मानिने हङकङमा ट्रान्जिट भिसा अनिवार्यताका कारण नेपाली यात्रुले लामो समयदेखि कठिनाइ भोग्दै आएका थिए।
हङकङ सरकारले अब उक्त बाध्यात्मक प्रावधान हटाएपछि नेपाली यात्रुको यात्रा थप सहज हुने दूतावासको भनाइ छ।


प्रतिकृया