चितवनमा फोटोनको नयाँ शोरुम सञ्चालनमा आएको छ, जुन नेपालका आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियलले सञ्चालन गरेको हो। शोरुममा फोटोनका उच्चस्तरीय व्यावसायिक ट्रक र भ्यानहरू उपलब्ध छन्। यस शोरुमको उद्देश्य चितवन र आसपासका क्षेत्रका ग्राहकलाई सेवा दिनु हो।
सो शोरुमको उद्घाटनको अवसरमा फोटोन माउन्टेन ईभी भ्यानको औपचारिक सार्वजनिक घोषणा गरिएको छ। आरामदायी हेडस्पेस सहित आएको यो भ्यान १४ देखि १६ जना यात्रु बस्न मिल्ने क्षमता राख्दछ र एक पटकको चार्जमा २३५ किलोमिटरको रेंज प्रदान गर्छ।



















प्रतिकृया