पाँच वर्षमा ६० लाखले बढ्यो पूर्व गभर्नर महाप्रसाद अधिकारीको सम्पत्ति

पाँच वर्षमा ६० लाखले बढ्यो पूर्व गभर्नर महाप्रसाद अधिकारीको सम्पत्ति

पाँच वर्षे कार्यकाल पुरा गरेर राष्ट्र बैंकको गभर्नरको पदबाट गत शुक्रबार बिदा लिएका पूर्व गभर्नर महाप्रसाद अधिकारीको सम्पत्ति आफ्नो पाँच वर्षे कार्यकालमा ६० लाख रुपैयाँले बढेको छ। गभर्नरको रूपमा २०७५ चैतमा कार्यभार सम्हाल्दा अधिकारीको कुल सम्पत्ति ३ करोड ४५ लाख ९२ हजार ५५२ रुपैयाँ थियो, जुन अहिले २०८१ चैतसम्म ३ करोड ६९ लाख ३६ हजार २६२ रुपैयाँ पुगेको छ।

अधिकारीको बैंक ब्यालेन्समा पनि वृद्धि भएको छ। गभर्नर नियुक्त हुँदा उनको बैंक ब्यालेन्स २,३०२ अमेरिकी डलर (२ लाख ८० हजार २९१ रुपैयाँ) थियो, जुनको अहिले २८,६०८ अमेरिकी डलर (३९ लाख २० हजार ४४० रुपैयाँ) पुगेको छ। यसका अतिरिक्त, उनले नगद, सुन, चाँदी, सवारीसाधन, म्युचुअल फण्ड, सुरक्षणपत्रमा र अन्य सम्पत्तिहरू पनि वृद्धि भएको छ।

अधिकारीले म्युचुअल फण्ड र अन्य सुरक्षणपत्रमा पत्रमा १ करोड ८९ लाख रुपैयाँ लगानी गरेका छन्। गभर्नर बन्नुअघि उनको यो लगानी १ करोड ५७ लाख रुपैयाँ मात्र थियो। यी सबै सम्पत्ति र लगानीको विवरण राष्ट्र बैंकको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ।

download 7 https://bajarkochirfar.com/former-governor-mahaprasad-adhikaris-wealth-increased-by-6-million-in-five-years | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स