प्रकाउ परेका पूर्व ऊर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का अस्पताल भर्ना भएका छन्। खड्कालाई आइतबार प्रहरीले पक्राउ गरेको थियो भने अदालतले उनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। तर, उनलाई आज त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। खड्कालाई बिहान ३ बजे ल्याइएको थियो र हाल १०२९ नम्बर बेडमा भर्ना गरिएको छ।
पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई भदौ २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित उनका घरमा बरामद भएको रकमको अनुसन्धानको लागि नियन्त्रणमा लिइएको थियो। गृहमन्त्री सुधन गुरुङले यसअघि नै जानकारी दिएका थिए।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको अनुसन्धान गरिरहेको छ। विभागले पहिले नै घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट संकलित खरानी पनि अनुसन्धानमा प्रयोग गरेको छ।
त्यसैगरी, जेनजी आन्दोलन दमन आरोपमा शनिबार पक्राउ परेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पनि त्रिवि शिक्षण अस्पतालमै भर्ना छन्। उनी चिकित्सकको निगरानीमा छन्।

















प्रतिकृया