परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि इजरायल सरकारलाई आग्रह गरेकी छन्। नेपालका लागि इजरायलका राजदूत समुलिक एरी बाससँग परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा उनले विपिनको अवस्था बारे जानकारी लिँदै रिहाइका लागि विशेष पहल गर्न अनुरोध गरिन्।
हमास समूहले आफ्नो नियन्त्रणमा रहेका ३४ जनालाई मुक्त गर्न लागेको समाचार आएको उल्लेख गर्दै, मन्त्री डा. राणाले जोशीको रिहाइलाई प्राथमिकतामा राख्न इजरायल सरकारसँग आग्रह गरिन्।
भेटका क्रममा राजदूत बासले हमासको नियन्त्रणमा रहेका वृद्धवृद्धा, महिला, बालबालिका तथा नाजुक स्वास्थ्य अवस्थामा रहेका नागरिकहरूको रिहाइका लागि इजरायल सरकारले हमासलाई केही महिनाअघि सूची पठाएको जानकारी दिए। पहिलो चरणमा उनीहरूलाई नियन्त्रणमुक्त गर्ने तयारी भइरहेको उनले बताए।
सन् २०२३ को अक्टोबरमा हमास समूहले इजरायली भूमिमा आक्रमण गर्दा १० जना नेपालीसहित १,००० भन्दा बढी व्यक्तिको हत्या भएको थियो। त्यसक्रममा केही व्यक्तिहरूलाई अपहरण गरिएपछि नेपाली विद्यार्थी विपिन जोशी पनि हमासको नियन्त्रणमा परेका थिए।
विपिनको रिहाइका लागि नेपाल सरकारले आफ्ना कूटनीतिक प्रयास जारी राखेको छ। परराष्ट्रमन्त्री डा. राणाले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय र क्षेत्रीय मञ्चहरू, तथा विभिन्न द्विपक्षीय र बहुपक्षीय बैठकहरूमा अन्तर्राष्ट्रिय समुदायलाई विपिनको रिहाइका लागि पहल गर्न आग्रह गर्दै आएकी छन्।













![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-150x150.jpg)


प्रतिकृया