फोन पेले १९ प्रतिशत लाभांश दिने, बोलायो साधारण सभा

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक ५ गते
फोन पेले १९ प्रतिशत लाभांश दिने, बोलायो साधारण सभा

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेण्ट सर्भिस लिमिटेड (फोनपे) ले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको कात्तिक २ गते बसेको बैठकले चुक्ता पुँजी ५० करोड ५० लाख रुपैयाँको १९ प्रतिशतका दरले ९ करोड ७८ लाख ५० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक २४ गते साँझ ५ बजे काठमाडौंमा छैटौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने र चालु आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्नेछ।

त्यसैगरी, सभाले स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, साथै सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव समेत पारित गर्नेछ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स