कोभिड-१९ महामारी फैलिएको पाँच वर्षपछि चीन फेरि नयाँ भाइरसको प्रकोपबाट प्रभावित भएको छ। यो नयाँ भाइरसलाई ह्युमन मेटाप्निमोभाइरस (एचएमपीभी) भनिन्छ। यसका लक्षणहरु पनि कोरोना भाइरस जस्तै छन् ।
चीनमा सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूमा अस्पतालहरूमा भीडभाड र श्मशान स्थलमा अत्यधिक चाप देखिएको छ। रिपोर्टहरू अनुसार बालबालिकामा यसको प्रभाव बढी देखिएको छ, विशेष गरी दुई वर्षभन्दा कम उमेरका बालबालिकामा बढी पाइएको छ।
चाइनाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का अनुसार एचएमपीभीका प्रमुख लक्षणहरूमा खोकी, ज्वरो, नाक बन्द हुनु, र घाँटी घरघराउनु पर्दछन्। गम्भीर अवस्थामा ब्रोंकाइटिस र निमोनिया हुन् सक्नेछ।
चीनमा अहिले एचएमपीभीसँगै इन्फ्लुएन्जा ए, माईकोप्लाज्मा निमोनिया, र कोभिड-१९ का केसहरू पनि बढिरहेका छन्। केही स्रोतहरूले चीनमा संकटकाल घोषणा गरिएको दाबी गरे पनि, सरकारी निकायहरूले यसबारे पुष्टि गरेका छैनन्।
चीनले अहिले नयाँ निगरानी प्रणालीको परीक्षण गरिरहेको छ। अधिकारीहरूका अनुसार, संक्रमण मुख्यतया खोक्दा र हाछ्युँ गर्दा सर्ने सम्भावना हुन्छ। जोखिम समूहमा विशेष गरी अस्थमा, दीर्घ रोगी, र जाडोयाममा कमजोर प्रतिरोध क्षमता भएका व्यक्ति पर्ने गरेका छन्।
एचएमपीभी भाइरस पहिलो पटक सन् २००१ मा डच वैज्ञानिकहरूले श्वासप्रश्वास रोगबाट पीडित बालबालिकामा पत्ता लगाएका थिए। यद्यपि, अनुसन्धानले यो भाइरस ६ दशकभन्दा बढी समयदेखि वातावरणमा रहेको देखाएको छ।
चीनमा सन् २०१९ मा वुहान सहरबाट सुरु भएको कोभिड-१९ महामारी विश्वभर फैलिएको थियो। ७० करोडभन्दा बढी संक्रमित भएका थिए भने ७० लाखभन्दा बढीको ज्यान गएको थियो। स्वास्थ्य विशेषज्ञहरूले संक्रमण रोक्न मास्क लगाउने, हात धुने र भीडभाडबाट बच्न सल्लाह दिएका छन्। चीनमा हाल देखिएको यो प्रकोपले फेरि विश्वभर सतर्कता बढाएको छ।
अन्तराष्ट्रिय न्युज एजेन्सीको सहयोगमा











![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-768x432.png)






![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया